Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु

इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु

  • 346
    SHARES
  • इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु

    एजेन्सी, तेहरान । इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ ।

    बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउँदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

    मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन् । सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ । आक्रमणमा संलग्न तीनजना मध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ । 
     

  • सम्बन्धित विषय:

  • # हमला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij