Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बारामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

बारामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

  • 300
    SHARES
  • बारामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

    बारा । बाराको जितपुर सिमरा-२१ अमलेखगन्जमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ५१ वर्षीया शेख रोकैदा खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी युवराज तिमिल्सेनाले बताए ।

    जंगलमा बाख्रा चराउन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको थियो । आक्रमणपछि घाइते भएकी रोकैदालाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी तिमिल्सेनाले जानकारी दिए ।

    घटनास्थल अमलेखगन्ज आयल निगमको पछाडि भागमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा पर्छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij