Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

ट्राफिक प्रहरी बाग्लुङले तीन महिनामा संकलन गर्‍यो १२ लाख राजश्व

ट्राफिक प्रहरी बाग्लुङले तीन महिनामा संकलन गर्‍यो १२ लाख राजश्व

  • 355
    SHARES
  • ट्राफिक प्रहरी बाग्लुङले तीन महिनामा संकलन गर्‍यो १२ लाख राजश्व

    बाग्लुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङले चालु आर्थिक वर्षको हालसम्म झण्डै रु १२ लाख राजस्व संकलन गरेको छ । तीन महिनाको अवधिमा एक हजार सात सय सवारी साधनलाई कारबाही गरी ११ लाख ८९ हजार राजस्व संकलन गरेको हो । सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम टिपर कारबाहीमा परेका छन् ।

    पाँच सय २३ मोटरसाइकल र दुई ४२ टिपर कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बाग्लुङका प्रमुख राजकुमार केसीले जानकारी दिए । उनका अनुसार ट्र्याक्टर तीन सय २३, जीप तीन सय १० र दुई सय ८३ वटा बस कारबाहीमा परेका छन् ।

    मोटरसाइकलबाट तीन लाख ६२ हजार, ट्र्याक्टरबाट दुई लाख ३० हजार पाँच सय, जीपबाट दुई लाख १३ हजार पाँच सय, बसबाट एक लाख ८७ र ट्रिपरबाट एक लाख ७४ हजार पाँच सय रुपैयाँ संकलन भएको केसीको भनाइ छ । उनले चालकलाई कारबाहीभन्दा बढी सचेत गराएको हुँदा राजस्व कम संकलन भएको बताए  ।

  • सम्बन्धित विषय:

  • # राजश्व

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij