Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कर्णाली प्रदेशका सात जिल्लाका ३०० मतदानस्थल अतिसंवेदनशील

कर्णाली प्रदेशका सात जिल्लाका ३०० मतदानस्थल अतिसंवेदनशील

  • 349
    SHARES
  • कर्णाली प्रदेशका सात जिल्लाका ३०० मतदानस्थल अतिसंवेदनशील

    काठमाडौं । कर्णाली प्रदेशका ७ जिल्लाका ३०० मतदानस्थल अतिसंवेदनशील मानिएको छ । सुरक्षाका हिसावले कर्णाली प्रदेशका २७६ निर्वाचनस्थल अतिसंवेदनशील रहेको औंल्याइएको छ ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावलाई लक्षित गरि जिल्लाका निर्वाचन सुरक्षा समितिले अतिसंवेदनशील सूचीमा राखेको हो ।

    रूकुम पश्चिमका २१, कालिकोट ७४, डोल्पा २३, सल्यान ६३, दैलेख ४८, सुर्खेत २० र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।

    जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका ३२५ मतदानस्थल संवेदनशील छन् । जसमध्ये, रूकुम पश्चिमका ४३, डोल्पाका २६, सुर्खेतका ६, दैलेखका ६२, सल्यानका तीन, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल छन् । प्रदेशभर १३८ वटा मतदानस्थल भने सामान्य छन् ।

    कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा जानकारी पाउन केही समय लागेको बताएको छ । कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चारसय तीन मतदान केन्द्र निर्धारण गरिएको छ ।

    आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता छन् ।

    कर्णलीमा समानुपातिकतर्फको कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पामा मात्र मतपत्र पठाउन बाँकी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । अन्य ६ जिल्लामा समानुपातिकको मतपत्र पुगिसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij