वेबटिभी खबर
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएको छ । उनको ४ वर्षे कार्यकाल सकिएको हो ।
उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा आफ्नो कार्यकाल सकिएको र छिमेकी देशबाट बिदा हुन लागेको लेखेकी छिन् ।
उनले आफूप्रति देखाएको माया र सद्भावका लागि सम्पूर्ण नेपालीलाई धन्यवाद दिँदै सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको र त्यो अनुभव र माया बोकेर जान लागेको लेखेकी छिन् ।
४ वर्षे कार्यकाल पूरा गरेर बेइजिङ फर्किन लागेकी उनलाई चीन सरकारले दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ ।
यान्छी सन् २०१८ डिसेम्बरमा चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij