वेबटिभी खबर
तेल अभिभ । इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच सुरु भएको तनाव ठूलो युद्धतर्फ धकेलिइरहेको छ । सोमबारबाट सुरु भएको द्वन्द्वबाट अहिलेसम्म २७ बालबालिकासहित १०३ जनाको मारिएका छन् । हिंसामा ५ सय ९० जना घाइते भएका छन् । इजरायलतर्फ ७ जना मारिएका छन् भने बाँकी सबै प्यालेस्टिनी रहेका छन् ।
इजरायलले गाजा पट्टीनजिकै आफ्नो सेना र ट्यांक तैनाथ गरेको छ र एयरफोर्सले गतिविधि पनि बढाएको छ । सेनाका प्रवक्ता जोन कन्क्रिकसले आफूहरु कुनै पनि प्रकारको युद्धका लागि तयार रहेको बताएका छन् । इजरायली सेनाले गाजापट्टीबाट अहिलेसम्म १७ सय ५० वटा रकेट प्रहार भएको र आफूहरुले ६ सयपटक हवाई हमला गरेको बताएको छ ।
अमेरिकाले बिहीबार हुने भनिएको संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को बैठक अवरुद्ध गरेको छ । चीनको तर्फबाट बोलाइएको बैठकमा अमेरिकाले शान्ति स्थापना गर्न यसले कुनै फाइदा नपुग्ने भन्दै बैठक बस्न अस्वीकार गरेको हो ।
यसैबीच, टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोआनले मुस्लिम देशहरूलाई इजरायलविरुद्ध भेला गर्न थालेका छन् । उनले बिहीबार रुसका राष्ट्रपति भ्लादिमीर पुटिनसँग यसबारे फोनमा छलफल गरेका थिए ।
इजरायल र गाजाबीच भइरहेको हिंसाले युद्ध निम्त्याउन सक्ने खतरा
इजरायल र हमासबीच द्वन्द्व जारी, तेल अभिभमा संकटकाल
इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कियाे, बालबालिकासहित २० को मृत्यु
किन भइरहेछ अल अक्सामा हिंसा ?
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij