Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौंः जनार्दन शर्मा 

जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौंः जनार्दन शर्मा 

  • 1.2K
    SHARES
  • जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौंः जनार्दन शर्मा 

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका शीर्ष नेता जनार्दन शर्मा (प्रभाकर) ले कोरोना संक्रमणले जनतामाथि निम्त्याएका संकटहरुको सामना गर्न नेताहरु जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बन्न आग्रह गरेका छन् । 

    जनताप्रतिको उत्तरदायित्वमा इमान्दार भए नेतृत्वकर्ता सबैको भविष्य उज्ज्वल हुने पनि उनले खुलाएका छन् ।

    पूर्वमन्त्रीसमेत रहेका शर्माले पछिल्लो राजनीतिक घटनाबाट पार्टी पङ्क्ति विचलित हुन नहुने पनि उनले बताएका छन् । 
     
    ‘नयाँ परिस्थिति र घटनाहरूले नयाँ चुनौती र सम्भावनाहरु एकसाथ लिएर आएको हुन्छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबाट हतास हुनेहरू समाप्त हुँदै जाने र सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने तथ्यलाई स्वीकार गरी विगतका उपलब्धि र कमीहरु समेतको गम्भीर समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठौं र उठाऔं ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij