Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नेसपाको प्रतिबद्धता पत्र सार्वजनिक, ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ मूल नारा [पूर्णपाठ]

नेसपाको प्रतिबद्धता पत्र सार्वजनिक, ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ मूल नारा [पूर्णपाठ]

  • 734
    SHARES
  • नेसपाको प्रतिबद्धता पत्र सार्वजनिक, ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ मूल नारा [पूर्णपाठ]

    काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्र नाम दिइएको घोषणापत्रमा नेपाल समाजवादीले ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’लाई मूल नाराको रूपमा अघि सारेको छ ।

    आइतबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा १२ वटा प्रतिबद्धता जनाइएको छ । जसमा नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीलाई समेटिएको छ ।

    यसैगरी भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पनि नेपाल समाजवादीले आफ्नो एजेन्डा प्रस्तुत गरेको छ ।

    यस्ता छन् नेसपा घोषणापत्रमा रहेका मुख्य–मुख्य बुँदाहरू यस्ता छन् नेसपा घोषणापत्रमा रहेका मुख्य–मुख्य बुँदाहरू

    सस्तो र भरपर्दाे स्वास्थ्य सेवा, सरकारी विद्यालयबाटै प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा उपलब्ध गराउने उल्लेखख गरिएको घोषणापत्रमा हरियो, सफा र खुल्ला शहर बनाउने एजेन्डा सो पार्टीले समेटेको छ ।

    सबैको राम्रो स्वास्थ्य, जनता केन्द्रित आर्थिक विकास, सबैलाई विश्वस्तरीय शिक्षा, व्यक्तिगत स्वतन्त्रता, भ्रष्टाचाररहित सरकार, चुस्त सेवा दिने सरकार, सामाजिक न्याय/समानता र वातावरणमैत्री जीवनशैलीलाई मुख्य बुँदा समेटेर घोषणापत्र सार्वजनिक गरिएको छ ।  

    312519861_689190262740636_2092258810115952566_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij