Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

इरानको हिजाविरोधी प्रदर्शन अन्य देशमा पनि फैलियो

इरानको हिजाविरोधी प्रदर्शन अन्य देशमा पनि फैलियो

  • 440
    SHARES
  • इरानको हिजाविरोधी प्रदर्शन अन्य देशमा पनि फैलियो

    तेहरान  । जर्मन प्रहरीले इरानमा जारी विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै बर्लिनमा झण्डै ८० हजार इरानी र उनीहरूका समर्थकहरूले जुलुस निकालेका छन् । जर्मनीको राजधानीमा शनिबारको र्‍याली इरानी डायस्पोराद्वारा आयोजित अहिलेसम्मकै सबैभन्दा ठूलो भएको मानिन्छ ।

    युरोपभरका इरानीहरूले ‘महिला, जीवन र स्वतन्त्रता’को नारा लगाएका छन् । इरानमा हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन छैठौं हप्तामा प्रवेश गरेको छ ।

    राजधानी तेहरानमा १३ सेप्टेम्बरमा हिजाब खुकुलो लगाएको आरोपमा नैतिकतासम्बन्धी पुलिसलले पक्राउ गरेकी २२ वर्षीया महसा अमिनीको हिरासतमै मृत्यु भएको थियो । प्रहरीले उनको टाउकोमा लाठीले कुटेको पीडितका आफन्तले बताउँदै आएका छन्, यद्यपि प्रहरीले यसलाई अस्विकार गर्दै युवतीलाई हृदयघात भएको जनाएको छ ।

    उनको मृत्युको विरोध र इरानमा हिजाबविरोधी प्रदर्शनको समर्थनमा शनिबार विभिन्न देशका राजधानी सहरमा प्रदर्शन भएका छन् । वर्लिनको ह्यालीमा १ लाख प्रदर्शनकारी सहभागी भएको प्राप्त विवरणमा जनाइएको छ ।

    इरानको शक्तिकाली क्रान्तिकारी गार्डविरुद्ध अझै बढी पश्चिमा प्रतिबन्ध लगाउन उनीहरूले माग गरेका थिए । पश्चिमा देशहरूले इरानी कुटनीतिज्ञहरूलाई देश निकाला गर्नुपर्ने प्रदर्शनकारीले माग गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # इरान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij