वेबटिभी खबर
कम्बोडिया । कम्बोडियामा अप्रिलदेखि हालसम्म कोभिड–१९ संक्रमणबाट कसैको मृत्यु नभएको प्रधानमन्त्री सम्देच टेको हुनसेनले शुक्रबार बताएका छन् ।
‘यो एक सफलता हो र कोभिडविरुद्धको लडाइँमा हाम्रो संयुक्त प्रयासको परिणाम हो’ उनले भनेका छन् ।
उनले प्रख्यात अङ्कोर पुरातात्विक निकुञ्जबाट आफ्ना गैरकानुनी भवनहरू सार्न सहमत भएका हजारौं परिवारको भ्रमणका क्रममा गरेको सम्बोधनमा सो कुरा बताएका हुन् ।
दक्षिणपूर्वी एसियाली यस राष्ट्रमा जुनको अन्त्यदेखि दैनिक केसहरू फेला परेका भए तापनि शुक्रबार पहिलो पटक कोभिड संक्रमित शून्य भएको जनाइएको छ ।
यद्यपि अझै कोभिड–१९ बाट मुक्त नभएको र यहाँ अझै ५३ सक्रिय सङक्रमित रहेका कम्बोडियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij