वेबटिभी खबर
एजेन्सी, लन्डन । बेलायतका कट्टरपन्थी गृृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन् ।
योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ । राजीनामा पत्रमा ब्रेभरम्यानले 'नियमहरूको प्राविधिक उल्लङ्घन' भएको स्वीकार गर्दै अगाडि भनिन्, 'मैले गल्ती गरेको छुस म जिम्मेवारी स्वीकार गर्छु । म राजीनामा गर्छु।'
राजीनामाले ब्रेभरम्यानलाई दोस्रो विश्वयुद्धपछि सबैभन्दा छोटो सेवा गर्ने गृहमन्त्री बनाएको छ । क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij