Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

दक्षिण कोरियामा ३३ हजार २ सय ४८ कोभिडका नयाँ संक्रमित

दक्षिण कोरियामा ३३ हजार २ सय ४८ कोभिडका नयाँ संक्रमित

  • 371
    SHARES
  • दक्षिण कोरियामा ३३ हजार २ सय ४८ कोभिडका नयाँ संक्रमित

    दक्षिण कोरिया । दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार २ सय ४८ कोभिड–१९ नयाँ संक्रमित देखिएका छन् ।

    हाल कोरोनाका कुल संक्रमितको संख्या २ करोड ५१ लाख ६४ हजार ६ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

    कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो । एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो ।

    गत हप्ताको  पुष्टि भएका केसहरूको दैनिक औसत संख्या २४ हजार दुई सय ३६ थियो । नयाँ केसहरू मध्ये, ८७ विदेशबाट आयात भएका छन् । गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा एकले घटेर दुई सय ४७ पुगेको छ ।

    यस प्रकोपको कारण थप ६ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको संख्या २८ हजार ८ सय ५६ पुगेको जनाइएको छ ।  कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij