Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

इरानको इभिन जेलमा आगलागी हुँदा ८ को मृत्यु

इरानको इभिन जेलमा आगलागी हुँदा ८ को मृत्यु

  • 575
    SHARES
  • इरानको इभिन जेलमा आगलागी हुँदा ८ को मृत्यु

    तेहरान । इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुुनेको संख्या ८ पुगेको जनाइएको छ । यस कारागार आगलागीमा परी सुरुमा ४ कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको थियो ।

    इभिन कारागारको वार्डका केही कैदीहरूबीच शनिबार राति भएको झडप र आगलागीपछि  सो दुर्घटना  भएको हो । विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका ४ कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए ।

    घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो । प्रतिवेदन अनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो । अस्पताल भर्ना गरिएका घाइतेहरु ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको जनाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij