वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दर्ता गर्न जाँदा कसले बाजा बजाएको हो भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।
शनिबार गाेरखामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उम्मेदवारी दर्ता गर्न जाँदा बाजा बजाउने याेजना आफ्नाे नभएकाे बताएका हुन् ।
गोरखा निर्वाचन क्षेत्रनम्बर-२ बाट उम्मेदवारी दर्ता गराउन जाँदा बाजाको प्रयोग भएको भन्दै निर्वाचन आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेपछि उनले उक्त जवाफ दिएका हुन् ।
शनिबार गठबन्धनमा रहेका दलहरूबीचको संयुक्त कार्यकर्ता प्रशीक्षण कार्यक्रममा प्रचण्डले आफूले साेही कुरा निर्वाचन आयोगलाई लिखित स्पष्टीकरण दिएर आएको जानकारी गराएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij