वेबटिभी खबर
ब्राजिल । ब्राजिलमा कोभिड–१९ विरुद्धको संघर्षका क्रममा ४ हजार ५ सय जनाको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो ।
सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड–१९ को उपचारमा खटेका स्वास्थ्यकर्मीमा ४ हजार ५ सय जनाको ज्यान गएको पाइएको हो ।
पब्लिब सर्भिस् इन्टरनेशसन (पिएसआइ) ले गरेको एक विश्वव्यापी अनुसन्धानमा ब्राजिलमा मात्र चिकित्सक, नर्स र कोभिडको उपचारमा खटेका अन्य स्वास्थ्यकर्मीहरूमा ४ हजार ५ सयको ज्यान गएको पाइएको हो ।
ती स्वास्थ्यकर्मीहरूको सन् २०२० को डिसेम्बेरदेखि सन् २०२१ मा गरेर ज्यान गएको हो । यो समय ब्राजिलमा कोभिड १९ को एक उच्च तहमा महामारी पुगेको समय हो ।
यसरी ज्यान जानेमा १ हजार एक सय ८४ जना नर्स रहेका छन् । उनीहरू ब्राजिलमा कोभिड १९ महामारी उच्च बिन्दु पुगेका बेला कार्यरत रहेका थिए । ब्राजिल कोभिड १९ बाट संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी मानिसहरुको निधन भएको देश हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij