वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले संयुक्त निर्वाचन परिचालन समिति बनाउने भएका छन् । बुधबार बसेको दुई विद्यार्थी संगठनको बैठकले परिचालन समिति बनाउने निर्णय गरेको हो ।
आगामी ४ मंसिरको निर्वाचनलाई ख्याल गर्दै प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन परिचालनका निम्ति स्थानीय तहसम्मकै निर्वाचन परिचालन संयन्त्र निर्माण गर्ने निर्णय गरेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाई र क्रान्तिकारीका अध्यक्ष पन्चा सिंहले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
समाजवादी पार्टी र माओवादी केन्द्रले आगामी मंसिर ४ को निर्वाचनमा एउटै चुनाव चिह्न, एउटै घोषणापत्र र एउटै समानुपातिक बन्द सूचीसहित सहभागी हुने सहमति गरिसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij