Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

स्वतन्त्रको चुनाव चिह्न पानीको धारादेखि सूर्यमुखी फूलसम्म

स्वतन्त्रको चुनाव चिह्न पानीको धारादेखि सूर्यमुखी फूलसम्म

  • 497
    SHARES
  • स्वतन्त्रको चुनाव चिह्न पानीको धारादेखि सूर्यमुखी फूलसम्म

    खोटाङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लागि खोटाङमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले थरिथरिका चुनाव चिह्न पाएका छन् ।

    आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशसभा (क) बाट गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका धर्मराज पोखरेलले पानीको धारा चुनाव चिह्न पाएका छन् ।

    टिकट वितरणमा असन्तुष्टि जनाउँदै पोखेरलसहित तीन जनाले गठबन्धनकै उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका सर्वधन राई र प्रदेशसभा (क)मै स्वतन्त्र उम्मेदवारी दिएका सुवासकुमार पोखरेलले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

    प्रदेशसभा (क) मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका वीरवलकाजी राई उठेका छन् । धर्मराजको उम्मेदवारीको सिधा असर उनै वीरवलकाजीलाई परेको छ ।

    गठबन्धनविरूद्ध उम्मेदवारी दिएकामा धर्मराज पाँच वर्षका लागि कांग्रेसबाट निष्कासनमा परिसकेका छन् । तर उनले चुनाव चिह्न पानीको धारा लिएर चुनावी अभियान थालिसकेका छन् । सिट बाँडफाँटमा असन्तुष्ट कांग्रेस धर्मराजलाई नै भोट मागिरहेका छन् ।

    यस्तै प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका जयन्द्रकुमार राईले चुनाव चिह्न सूर्यमुखी फूल पाएका छन् । प्रदेशसभा (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका कुमारप्रसाद भट्टराईले चुनाव चिह्न जेब्रा पाएका छन् । ६३ वर्षका भट्टराई प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij