Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जुवातास खेलिरहेकाे अवस्थामा १९ जना पक्राउ

जुवातास खेलिरहेकाे अवस्थामा १९ जना पक्राउ

  • 323
    SHARES
  • जुवातास खेलिरहेकाे अवस्थामा १९ जना पक्राउ

    काठमाडौं । चितवन र बाँकेमा जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    चितवनको खैरहनी नगरपालिका-३ उनान्टोल बस्ने ४२ बर्षीय चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीलगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २४ हजार ५२० रूपैयाँ र  १ बुक ताससहित पक्राउ गरेको हो ।

    बाँकेको कोहलपुर नगरपालिका-११ न्यूरोडस्थित म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३५ वर्षीय उपेन्द्र राना लगायत १२ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३१ हजार १८० रूपैयाँ  र ६ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij