वेबटिभी खबर
काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरीका २० जना महिलाले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार कुल १८१ जनाले उम्मेदवारी दिएको र त्यसमध्ये महिला उम्मेदवारकाे संख्या २० रहेका छ ।
प्रतिनिधिसभाका लागि क्षेत्रनम्बर-१ मा १ जना, प्रतिनिधिसभाको क्षेत्रनम्बर-२ मा ३ जना प्रतिनिधिसभा क्षेत्रनम्बर-४ मा १ जना गरि ५ जना महिलाले उम्मेदवारी दिएका हुन् ।
यस्तै प्रदेशसभातर्फ भने १५ जना महिलाको उम्मेदवारी परेको छ। सप्तरी-१ बाट टीकालक्ष्मी चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएकी छिन् । प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी-२ बाट ३ जना महिलाको उम्मेदवारी परेको छ ।
नेपाल संघीय समाजवादी पार्टीबाट प्रमिलादेवी मण्डल, पीछडा वर्ग निषद दलित जनजाति पार्टीबाट सुमित्रा मण्डल र नेपाली जनता दलबाट चन्द्रकुमारी देवले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी-४ बाट माधुरीकुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । सप्तरी-१ को प्रदेशसभा (क)बाट शशीकलाकुमारी चौधरी र महावती मलाहले र सप्तरी-१ को (ख)बाट सुनिताकुमारी मलाहले उम्मेदवारी दिएका छन् ।
चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र मलाहद्वयले नेपाल मजदूर किसान पार्टी (नेमकिपा)बाट उम्मेदवारी दिएका हुन् । क्षेत्रनम्बर-२ (क)बाट ३ जना महिलाको उम्मेदवारी परेको छ ।
चन्द्रकला सिंह र पुनिताकुमारी ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने विणादेवी यादवले नेपाल मजदूर किसान पार्टी (नेमकिपा)बाट उम्मेदवारी दिएका हुन् । निर्वाचन क्षेत्र नम्बर-२ (ख)बाट पनि ३ जना महिलाको उम्मेदवारी परेको छ ।
प्रतिमा कुमारी देवले कांग्रेस बीपीबाट उम्मेदवारी दिएकी छिन् भने सकुन्तलादेवी यादव र रिंकुदेवी यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । क्षेत्रनम्बर ३ (क) बाट दुई जना महिलाले उम्मेदवारी दिएका छन् । गिरिजाकुमारी चौधरी र अनमोल यादवले उम्मेदवारी दिएका हुन् ।
चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र यादवले नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दिएका हुन् । क्षेत्र नम्बर ३ (ख) बाट ऐलिना आचार्य र डोमनीदेवी रामले उम्मेदवारी दिएका हुन् ।
आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी र रामले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उम्मेदवारी दिएका हुन् । क्षेत्रनम्बर-४ (क)बाट चिन्तादेवी सिंह र क्षेत्रनम्बर-४ (ख) बाट ललितादेवी लताले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij