वेबटिभी खबर
बारा । नेकपा एमालेका मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन् । उनलाई पार्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा-१ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
श्रेष्ठले बुधबार पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । पार्टीले स्थानीय नेताकार्यकर्ता र जनभावना विपरित टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उनीसँगै उनलाई प्रस्तावक र समर्थकका रूपमा रहेका यमबहादुर खड्का नारयण र गोपालप्रसाद लम्सालले समेत पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् ।
एमाले पार्टीबाट त्रिलेकी चौधरीलाई प्रदेशसभाको टिकट दिएपछि एकबहादुर श्रेष्ठका नेता कार्यकर्ता रूष्ट बनेका छन् । यसअघि श्रेष्ठले स्थानीय तहको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij