वेबटिभी खबर
जेरूसेलम । इजरायल र लेबनानबीच समुद्री सीमा सम्झौता भएको छ । इजरायलका प्रधानमन्त्री यायर लापिडले द्विपक्षीय सम्झौता भएको आज बताएका हुन् । प्रधानमन्त्री लापिडले सन् १९४८ देखि युद्धको अवस्थामा रहेका दुई देशबीचको सामुद्रिक सीमाना सिमांकन गर्न लेबनानसँग सम्झौता भएको बताउँदै आज हुने मन्त्रिपरिषद्को बैठकले त्यसलाई स्वीकृत गर्ने जानकारी दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij