वेबटिभी खबर
सांघाइ । चीनमा रहेकाे ८३.४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुखसम्बन्धी विवरण आइतबार सार्वजनिक गरेको हो ।
सांघाइ चेन्शन बोटानिकल गार्डेनले देशभरी रहेका रुखहरूमध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । कीर्तिमानी सो सबैभन्दा अग्लो रुखको नाम ‘अबिज एर्नेस्ती वर सालौएनेन्सीस’ राखिएको छ ।
चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने पहाडी भूभाग तिब्बत स्वशासित क्षेत्रमा सो रुख रहेको जनाइएको छ । औसत रुखको उचाई भने दुई हजार ८०० रहेको छ । यो सबैभन्दा अग्लो रुखको पहिचान पहिलोपटक गत मे महिनामा गरिएको थियो ।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको इन्स्च्यिुड अफ बोट्नीले सुरुमा त्यसको पहिचान गरेको हो । त्यही रुख नै देशभरीको सबैभन्दा अग्लो रुख हो भन्ने दोस्रोपटक गत अगस्टमा पुष्टि गरिएको थियो ।
सबैभन्दा अग्लो रुख पहिचान गर्न ड्रोनको प्रयोग गरिएको थियो । रुखको मोटाइ भने दुई सय ७ सेन्टीमिटर रहेको छ । रुख तीन सय ८० वर्ष पुरानो भएको पनि दाबी गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij