Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सर्पले डसेर एकको मृत्यु

सर्पले डसेर एकको मृत्यु

  • 365
    SHARES
  • सर्पले डसेर एकको मृत्यु

    स्याङ्जा । आइतबार राति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ ।

    स्याङ्जाको वालिङ-८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए ।

    गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएको उनलाई त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको पौडेलले बताए ।

    ‘सर्पले डसेपछि अस्पतालसम्म ल्याई पुर्‍याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको थियो’, सूचना अधिकारी पौडेलले भने, ‘यहाँ उपचार सम्भव नभएपछि तत्कालै रिफर गर्‍यौं तर बिहान ४ बजेतिर यहीँ अस्पतालमै बिरामीको मृत्यु भयो ।’

    खाँणको बायाँ हातका दुई ठाउँमा करेत सर्पले डसेको थियो । स्थानीयवासीले बिरामीसँगै सर्प पनि मारेर अस्पताल ल्याएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij