Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लमजुङमा बढ्यो चुनावी चहलपहल 

लमजुङमा बढ्यो चुनावी चहलपहल 

  • 358
    SHARES
  • लमजुङमा बढ्यो चुनावी चहलपहल 

    लमजुङ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् ।  विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् ।

    मुख्य तीन दलले ३२ जनाको नाम सिफारिस गरेका छन् । प्रत्यक्षमा सिफारिस गर्दा महिला र पुरूषको अनुपात मिलाउन केन्द्रले भने पनि धेरैजसो पुरूष मात्र सिफारिसमा परेका छन् ।

    नेकपा माओवादी केन्द्रले मात्र एकजना महिलालाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ । समानुपातिकमा भने जिल्लाबाट ६३ जनाभन्दा बढी उम्मेदवारको नाम सिफारिस भएको छ ।

    जसमा अधिकांश महिला छन् । जिल्लाबाट सिफारिसमा परेकाहरू टिकटका लागि शीर्ष नेता रिझाउन राजधानी धाउन थालेका छन् ।

  • सम्बन्धित विषय:

  • # चुनाव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij