Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लहान दुर्गा मन्दिरमा पचहत्तर तोला सुनका गहना

लहान दुर्गा मन्दिरमा पचहत्तर तोला सुनका गहना

  • 680
    SHARES
  • लहान दुर्गा मन्दिरमा पचहत्तर तोला सुनका गहना

    काठमाडाैं । सिरहाको लहानस्थित दुर्गा माताको मूर्तिलाई ७५ तोला सुनको गरगहना चढाइएको छ ।

    माता दुर्गाको मूर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष विकास शारदाले बताए ।

    माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्रामअर्थात १८.६० तोला सुनको छ ।

    त्यस्तै दुर्गा मातालाई लगाइएको ठूलो रानीहार ३० तोला र नेकलेस १० तोला, बाला १० तोला र अन्य साढे छ तोला बराबरको शिरबन्दी, नथिया, पिँजडा झुम्का रहेका छन् ।

    यी सबै गरगहना दुर्गा पूजा समितिका सदस्यहरूबाट प्राप्त चन्दा, मन्दिरमा आउने भक्तजनबाट प्राप्त भेटी तथा स्थानीय व्यापारीबाट संकलन गरिएको आर्थिक सहयोगबाट निर्माण गरिएको हो ।

    माता दुर्गाको मूर्तिबाहेक अन्य देवीदेवता र असुरहरूको मूर्तिसमेतलाई चाँदीका गरगहनाले सजाइएको हो । देवीदेवता र असुरहरूले प्रयोग गर्ने सबै शृंगार तथा हातहतियार पाँच केजी चाँदी प्रयोग भएको हो ।

    मेला अवधिभर ती मूर्ति तथा गरगहनाको संरक्षण नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीबाट गरिने इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।

    गरगहनाको निगरानीका लागि मन्दिरभित्र र बाहिर विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij