Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

युक्रेनका प्रान्तको रूसमा विलयलाई टर्कीले गर्‍यो अस्वीकार

युक्रेनका प्रान्तको रूसमा विलयलाई टर्कीले गर्‍यो अस्वीकार

  • 460
    SHARES
  • युक्रेनका प्रान्तको रूसमा विलयलाई टर्कीले गर्‍यो अस्वीकार

    इस्तानबुल । टर्कीले शनिबार रूसले युक्रेनी चार प्रान्तहरू गाभ्नु अन्तर्राष्ट्रिय कानूनको ‘गम्भीर उल्लंघन’ भएको  भन्दै द्वन्द्व अन्त्य गर्न वार्ताको लागि आह्वान गरेको छ ।

    सन् २०१४ मा क्रिमियालाई गाभेको रूसले शुक्रबार लुगान्स्क, डोनेस्क, खेर्सन र जापोरिज्जियालाई आफ्नो क्षेत्रको हिस्सा घोषणा गरेपछि अङ्काराले रूसले सन् २०१४ मा गरेको क्रिमियालाई मान्यता नदिएको विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

    टर्कीले २०१४ मा एक अवैध जनमत सङ्ग्रहका नाममा रूसले क्रिमिया गाभेको भएपनि टर्कीले मान्यता  नदिएको  र हरेक अवसरमा युक्रेनको क्षेत्रीय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकतालाई बलियो समर्थनमा जोड दिएको  टर्कीको दाबी छ ।

    त्यसैगरी  टर्कीले  युक्रेनका केही भाग हिजोमात्र रूसले  गाभेको दाबीलाई अन्तर्राष्ट्रिय कानूनको स्थापित सिद्धान्तको विपरीत रहेको जनाएको छ ।

    नेटो सदस्य टर्कीले सात महिनाको द्वन्द्वमा तटस्थ रहन प्रयास गरेको छ र रूस विरूद्ध पश्चिमी प्रतिबन्धहरूमा सामेल हुनबाट जोगिएको छ ।

    टर्की रूसी तेल र ग्यासमा निर्भर छ जबकि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान मस्कोसँग व्यापार बढाउन इच्छुक छन् किनभने उनले अर्को जुनमा हुने चुनावअघि खस्किएको अर्थतन्त्रलाई स्थिर पार्ने प्रयास गरिरहेका छन् ।

    एर्दोगानले गत महिना उज्बेकिस्तानमा भएको क्षेत्रीय शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए ।

    तर टर्कीले संयुक्त राज्य अमेरिकाबाट बारम्बार चेतावनी प्राप्त गरेपछि रूसको मिर भुक्तानी प्रणाली प्रयोग गरी गरिएको प्रशोधन लेनदेनहरू बन्द गर्ने कि नगर्ने भनेर नविचार गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij