Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

इरानमा सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु

इरानमा सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु

  • 406
    SHARES
  • इरानमा सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु

    इरान । इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर सुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको भएको झडपमा शुक्रबार १९ जनाको मृत्यु भएको छ ।

    कुर्दिश महिला, महसा अमिनी अनुचित पोशाक लगाएको आरोपमा उनको गिरफ्तारपछि प्रहरी हिरासतमा मृत्यु भएको थियो ।

    इरानको सरकारी समाचार एजेन्सी इरनाले सिस्तान र बलुचिस्तानका प्रान्तीय गभर्नर होसेन मोदार्रेस खियाबानीलाई उद्धृत गर्दै उक्त भिडन्तमा १९ जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ ।

    इरानी प्रदर्शनकारी र प्रहरीबीच दक्षिणपूर्वी इरानमा हिंसात्मक झडप भएको हो ।

    इरानको सुन्नी अल्पसङ्ख्यकका उपासकहरूले सिस्तान र बलुचिस्तान प्रान्तको राजधानी जाहेदानमा रहेको मक्की ग्रान्ड मस्जिदमा शुक्रबारको प्रार्थना छोड्दा भिडन्त भएको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ ।

    मस्जिद भित्रबाट खिचिएको एउटा भिडियोमा उपासकहरू बाहिर निस्किँदै गर्दा बाहिर बन्दुक पड्किएको आवाज सुनिएपछि भागदौड मच्चिएको थियो ।   

  • सम्बन्धित विषय:

  • # इरान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij