वेबटिभी खबर
काठमाडौं । मन्दिरभित्र पसेको निहुँमा कुटपिट गरेको आरोपमा वडाअध्यक्ष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाजुराको त्रिवेणी नगरपालिका-७ का वडाअध्यक्ष जुद्धबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ ।
वडाअध्यक्ष ऐडीले बाजुराकै बुढीगंगा नगरपालिका घर भई हाल कञ्चनपुर बस्दै आएका टीकाराम सुनारलाई कुटपिट गरेको आरोप छ ।
बुधबार त्रिवेणी-७ को नाटेश्वरी मन्दिरमा नवरात्रीको पूजा गर्न मन्दिर छिरेका टीकाराममाथि वडा अध्यक्षको संलग्नतामा कुटपिट भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij