Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पोखरामा विदेशी पर्यटकलाई स्वागत

पोखरामा विदेशी पर्यटकलाई स्वागत

  • 394
    SHARES
  • पोखरामा विदेशी पर्यटकलाई स्वागत

    पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आज पोखरा विमानस्थलमा पहिलो उडानबाट आउने पर्यटकलाई स्वागत गरिएको छ ।

    पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा काठमाडौंबाट बुद्ध र यति एयरलाइन्सबाट आएका स्वदेशी एवम् विदेशी पर्यटकलाई स्वागत गरिएको हो ।

    पोखरा विमानस्थलमा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्वागत गरे ।

    उक्त अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले पर्यटकको स्वागत गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij