वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा.बाबुराम भट्टराईले विकास कार्यमा आइपर्ने प्रशासनिक अड्चनको सहजीकरण गर्न आफू निरन्तर लागि रहने प्रतिबद्धता जनाएका छन् ।
केही दिनदेखि गृहजिल्ला गोरखामा रहेका अध्यक्ष डा.भट्टराईले मंगलबार गोरखाका विकास कार्यालयका प्रमुखहरूसँग प्रगति विवरण लिँदै सो प्रतिबद्धता जनाएका हुन् ।
‘गोरखामा विकास कार्यालयका प्रमुखहरूसँग प्रगति विवरण लिदै डा.साबले बाँकी कार्य यथाशीघ्र सम्पन्न गर्नको लागि निर्देशन दिनुभयो । विकासका कार्यमा आइपर्ने प्रशासनिक अड्चनको सहजीकरण गर्न आफू निरन्तरल लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ डा.भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलले भने ।
अध्यक्ष डा.भट्टराईले विकास योजना कार्य सुरु भएका तर सम्पन्न नभएका योजनालाई छिटो सम्पन्न गर्न निर्देशनसमेत दिए ।
गाेरखामा बाबुराम : पार्टी कार्यक्रमदेखि विकास याेजना कार्यमा व्यस्त [फाेटाेहरू पनि]


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij