Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता

  • 459
    SHARES
  • एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता

    काठमाडौं । एनसीसी बैंक र कुमारी बैंकले एक आपसमा गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुबै बैंकले सोमबार मर्जरमा जान सम्झौता गरेका हुन् ।

    सम्झौतामा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्ण प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । 
     
    मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ । दुबै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij