Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

जीवनको संवेदनशील विषयमा प्रहार भयो : गृहमन्त्री खाण

जीवनको संवेदनशील विषयमा प्रहार भयो : गृहमन्त्री खाण

  • 337
    SHARES
  • जीवनको संवेदनशील विषयमा प्रहार भयो : गृहमन्त्री खाण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जीवनको संवेदनशील विषय नागरिकतामा प्रहार भएको बताएका छन् ।

    रूपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जीवन मृत्युको आधारको रूपमा रहेको नागरिकता कुनै बाहानामा रोक्न नहुने उनकाे भनाइ छ ।

    उनले भने, ‘जीवनसँग संवेदनशील रहेको विषयमा पनि प्रहार भएको छ । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीककृत समाजवादी लगायत पार्टी एक ढिक्का हुँदा पनि असंवैधानिक कदम चालिएको छ ।’

    गठबन्धनलाई नेपाली कांग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको अधिकारमाथि प्रहार हुने भन्दै उनले आगामी निर्वाचनका लागि उम्मेदवार बन्नेको संख्या धेरै देखिनुले कांग्रेस संकटमा छैन भन्ने सन्देश दिएकाे बताए ।

    उनले भने, ‘संविधानको पालना सबैले गर्नुपर्छ । सरकारले पनि गर्नुपर्छ हामी सबै पालना गर्न प्रतिबद्ध छौँ । देशका अन्य राजनितिक शक्तिहरू पनि प्रतिबद्ध हुनुपर्छ । यो लोकतान्तित्रक मूल्यपद्धतिको मूल आधारशीला नै हो । आधारशीलालाई भत्काउने प्रयास भएको छ ।’

    प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक व्यवस्था र सविधानविपरीत कार्य गरेर लोकतान्त्रिक मूल्यलाई कमजोर बनाएकाे उनकाे भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij