Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर

सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर

  • 427
    SHARES
  • सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसमेत दुई जनाविरूद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    साविक चक्कर गाविसका विभिन्न वडाका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको तर त्यसका लागि कुनै पनि रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव केवटले रञ्जित साहसँगको मिलेमतोमा गैरकानुनीरूपमा ९ लाख ७६ हजार ९ सय बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

    आयोगले सरकारी स्रोतबाट प्राप्त रकमको गैरकानूनीरूपमा दुरुपयोग गरेको अभियोगमा बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij