Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बझाङमा दुई मतदान स्थल थप

बझाङमा दुई मतदान स्थल थप

  • 397
    SHARES
  • बझाङमा दुई मतदान स्थल थप

    बझाङ । बझाङमा दुई मतदान स्थल थप भएका छन् । जिल्लाको छबिसपाथिभेरा र केदारस्यूँ गाउँपालिकामा मतदान स्थल थप भएका हुन् ।

    छबिसपाथिभेरा गाउँपालिका-५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा (नयाँ मतदान केन्द्र) थप गरिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए ।

    उनका अनुसार केदारस्यूँ-४ मा पनि मतदान केन्द्र विभाजन गरिएको छ । जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर नयाँ मतदान स्थल शिक्षोदय मावि बागथलामा तोकिएको हो।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij