वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभाको अन्तिम दिन आज प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने गर्ने भएका छन् ।
आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ । आज संसद बैठक दिउँसो १ बजे बस्दै छ ।
आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले भने बोल्ने वा नबोल्ने तय भइसकेको छैन । यद्यपी पार्टीका एक नेताले प्रधानमन्त्री देउवाले बोल्ने भएपछि प्रचण्डले पनि सम्बोधन गर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij