Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

युरोपेली मुलुक जाने कामदारले अनिवार्य तालिम लिनुपर्ने

युरोपेली मुलुक जाने कामदारले अनिवार्य तालिम लिनुपर्ने

  • 376
    SHARES
  • युरोपेली मुलुक जाने कामदारले अनिवार्य तालिम लिनुपर्ने

    काठमाडौं । सरकारले घरेलु कामदारकारूपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरूपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ ।

    हाल घरेलु कामदारकारूपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम नदिइ पठाउने गरेको पाइएपछि वैदेशिक रोजगार विभागले त्यस्ता श्रमिकका लागि तालिम अनिवार्य गरेको हो ।

    वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ ले घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जानुपूर्व कम्तीमा ३० कार्यदिनको तालिम लिनुपर्ने व्यवस्था छ ।

    विभागले घरेलु कामदार अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि, २०७० अनुसार अनिवार्यरूपमा तालिम प्रदान गरेर मात्र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्न सूचीकृत मेनपावर कम्पनीलाई निर्देशन पनि दिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij