Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जुवातास खेलिरहेका १० जना पक्राउ

जुवातास खेलिरहेका १० जना पक्राउ

  • 272
    SHARES
  • जुवातास खेलिरहेका १० जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-३१ कात्यानीचोकबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कात्यानीचोकमा डेरा गरि बस्ने दोलखा बैतेश्वर गाउँपालिका-५ घर भएकी इन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ९९० रूपैयाँ र १८ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij