वेबटिभी खबर
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार २९८ कोरोनाका संक्रमित थपिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भारतभर सक्रिय संक्रमितको संख्या ४६ हजार ७४८ पुगेको हो । पछिल्लो २४ घण्टामा ५ हजार ९१६ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । अहिले दैनिक संक्रमण दर १.८९ प्रतिशत रहेको छ भने निको हुने दर ९८.७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार कोरोनाका कारण भारतमा २३ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या पाँच लाख २८ हजार २७३ पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij