Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बैतडीमा ६ महिनादेखि हवाई सेवा बन्द

बैतडीमा ६ महिनादेखि हवाई सेवा बन्द

  • 380
    SHARES
  • बैतडीमा ६ महिनादेखि हवाई सेवा बन्द

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी-बैतडी-धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई उडान ६ महिनादेखि बन्द रहेको हो ।

    साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । यहाँ हवाई उडान नहुँदा आकस्मिक रूपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् ।

    हवाई उडान नहुँदा आकस्मिक रूपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जाने नागरिक समस्यामा परेका हुन् । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न  कम्तीमा आठ घण्टा लाग्ने गर्दछ ।

    यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भएको र असोज पहिलो साताबाट पुनः सञ्चालन हुने समिट एयर पाटनका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए । चैतअघि नियमित रूपमा उडान हुने गरेकामा त्यसपछि यात्रु नपाउँदा र मौसम अनुकूल नहुँदा उडान हुन नसकेको हो ।

    चैतपछि केही महिना समिट एयरले यात् रू बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भरिरहेको हुनाले पाटन नआएको भट्टको भनाइ छ ।

    उनले भने, ‘चैतदेखिको दुई/तीन महिना लुक्ला र जोमसोमतिर पर्यटक बढेकाले उतै भरेको थियो । त्यसपछि यता उडान भर्ने कुरा थियो । कहिले मौसमले साथ नदिने कहिले यात् रू नपाइने समस्या छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij