Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भ्रष्टाचार गरेको अभियोगमा सिनियर प्लम्बरविरूद्ध मुद्दा दर्ता

भ्रष्टाचार गरेको अभियोगमा सिनियर प्लम्बरविरूद्ध मुद्दा दर्ता

  • 356
    SHARES
  • भ्रष्टाचार गरेको अभियोगमा सिनियर प्लम्बरविरूद्ध मुद्दा दर्ता

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय टंकालले घूससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरूद्ध आज विशेष अदातलमा मद्दा दर्ता गरेको छ ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाकालचौर शाखामा कार्यरत खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घूस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले गत साउन ३१ गते पाँच हजारसहित नियन्त्रणमा लिएको थियो ।

    अनुसन्धानको सिलसिलामा खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घूस माग गरेको पुष्टि हुन आएको भन्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    आयोगले खुलालविरूद्व भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भए अनुसारको कसुर भएकाले बिगो पाँच हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अधिकतम सजायको मागदाबी गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij