वेबटिभी खबर
चीन । चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ता काजाकिस्तान र उज्वेकिस्तान भ्रमण गर्ने भएका छन् । कोरोना भाइरस महामारीको प्रारम्भिक दिनदेखि हालसम्म उनको यो पहिलो विदेश भ्रमण भएको बेइजिङले सोमबार जानकारी दिएको छ ।
सीले उज्वेकिस्तानमा हुने साङ्घाई सहयोग संगठन (एससीओ) को नेताहरूको शिखर सम्मेलनमा भाग लिन लागेकाे जनाइएको छ ।
बुधबारदेखि शुक्रबारसम्म काजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।
एससीओ चीन, रुस, भारत, पाकिस्तान, साथै चार मध्य एसियाली देशहरू काजाकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान मिलेर बनेको छ ।
यस शिखर सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेक शहर समरकन्दमा हुने भएको छ ।
यसअघि चीनका राष्ट्रपति सन् २०२० जनवरीमा म्यान्मारको भ्रमणमा गएका थिए । उनी फर्केर केही दिनपछि पूरै वुहान शहरलाई कोरोना भाइरस प्रकोप छोपेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij