Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नेपालका लागि नेपाली पार्टीद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपालका लागि नेपाली पार्टीद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

  • 395
    SHARES
  • नेपालका लागि नेपाली पार्टीद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

    काठमाडौं । नेपालका लागि नेपाली पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने भएको छ । सो पार्टीले ‘शंख’ चुनाव चिह्न लिएर चुनावमा भाग लिने भएको हो । पार्टीले आज प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ ।

    उसले प्रत्येक नागरिकको राजनीतिक हैसियतमा ‘निर्णायक’, आर्थिक हैसियतमा ‘सम्पन्न’, सामाजिक हैसियतमा ‘सम्मानित’ र सांस्कृतिक हैसियतमा ‘लोकप्रिय’ बन्न पाउने अधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

    नेपालका लागि नेपाली पार्टीका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले चुनाव चिन्हको महिमाबारे प्रकाश पारेका थिए । उनले महाभारतको युद्धको स्मरण गराउँदै दिल्लीमा १२ बुँदे सम्झौता गर्नेहरूलाई कौरवरूपीको संज्ञा दिए । उनले कौरव र पाण्डवको युद्धमा कृष्णले शंख बजाएर युद्धको उद्घाटन गरेको सुनाए ।

    उनले आफूहरूपनि नेपालमा सत्य र असत्यको लडाइँको लागि यही शंख लिएर जनताको बीचमा जान लागेको सुनाए । उनले आफूहरू देश जोगाउने काम गर्ने विश्वास दिलाए ।

    उनले आफूले महाकाली, टनकपुर सन्धिको विरूद्धमा मुद्दा गरेको स्मरण गराए । उनले राजनीतिबाट देश जोगाउनुपर्ने उल्लेख गरे । उनले आफू काठमाडौं–१ बाट चुनाव उठ्ने घोषणा गरे । उनले आफूले गरेको कामको आधारमा भोट दिन पनि अपिल गरे ।

    कार्यक्रममा नेपालका लागि नेपाली पार्टीका सचिव दीपक महाराज आत्रेयले आफू काठमाडौं–४ बाट प्रत्यतर्फ चुनाव लड्ने घोषणा गरे । उनले फेरि एकपटक नेपाललाई धार्मिक क्षेत्रलाई गुमराहमा राख्न खोजिएको भन्दै सबै सचेत रहन आग्रह गरे ।

    उनले राप्रपाको निर्णय कमिटीप्रति आपत्ति जनाए । निर्णय कमिटीमा भएका राप्रपाका नेताहरूले हिन्दूराष्ट्र बनाउन नसक्ने भन्दै झुक्याउन खोजिएको उनको आरोप छ । आफूहरूको डुंगामा सवार हुन आग्रह गर्दै उक्त ड्ंगाले पार लगाउने सुनाए ।

    त्यस्तै आम नागरिक अभियानका संयोजक हेमराज शाहले नागरिकता विधेयकको विरोध जनाए । आफ्नो अभियानले नेपालका लागि नेपाली पार्टीलाई चुनावमा सहयोग गर्ने समर्थन जनाए ।

    उनले नेपालका लागि नेपाली पार्टीलाई बहुमत दिन पनि आम जनतासमक्ष अपिल गरे । उनले बालकृष्ण न्यौपानेलाई महान राष्ट्रवादी नेताको रूपमा चित्रण गरे ।

    अर्का वक्ता तिलकप्रसाद रिजालले आफूहरूले देशमा रामराज्य स्थापना गर्ने प्रतिबद्धता जनाए । उनले कुनैपनि नागरिकले आफूप्रति अन्याय नहोस् भन्ने चाहेको भन्दै आफूहरूले सोही राज्यको परिकल्पना गरेको सुनाए । उनले आफूहरूले रामराज्यको क्रान्ति घरघरमा र जनजनमा पुर्याउने विश्वास दिलाए । उनले नेपालका केही बुख्याँचा नेताले विदेशीको नक्कल गरेको आरोप लगाए । उनले दुई तिहाई बहुमत ल्याउनसक्ने विश्वास दिलाए । धर्मको

    आवरणमा सक्रियहरूले जनतामा धर्मको नाममा भ्रम छर्न खोजेको उनको आक्रोश थियो । नेपालका लागि नेपाली पार्टीका वरिष्ठ उपाध्यक्ष जगतबहादुर थापाले आफूहरू साझा रूपमा अघि बढेको सुनाए ।

    उनले सबै मिलेर संयुक्त शान्तिपूर्ण नागरिक आन्दोलनमा होमिएको पनि स्मरण गराए । उनले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता आफूहरूले खारेज गर्न चाहेको स्पष्ट पारे । उनले शंख चिन्ह लिएर चुनाव लडेकाहरूलाई जिताउन अपिल गरे ।

    यस्तै अर्का वक्ता आम नागरिक अभियानको तर्फबाट प्रदेश नम्बर २ का संयोजक बिरू रायले तराईमा आफूहरू पार्टीको अभियानमा सक्रियताका साथ खटेको सुनाए । उनले पार्टीलाई अत्यधिक बहुमत दिएर जिताउन पनि आम जनतासमक्ष अपिल गरे ।

    यस्तै नेपालका लागि नेपाली पार्टीका सचिव सुजन नेपालीले नेपालको संसद्बाट एमसिसी पास भएकोमा दलहरूप्रति आक्रोश पोखे । उनले आफ्नो पार्टीलाई सरकारको नेतृत्वमा पुर्याउने विश्वास दिलाए ।

    अर्का वक्ता नेपालका लागि नेपाली पार्टीका सचिव तथा आगामी निर्वाचनमा भक्तपुर–२ का उम्मेदवारका आकांक्षी राजेश ले कला र संस्कृतिले भरिपूर्ण जिल्लाको विकासमा आफ्नो योगदान पुर्याउने विश्वास दिलाए । उनले जिल्लामा विकासको तीव्र लहर ल्याउने बताए ।

    पार्टीका महामन्त्री साग खड्काले प्रेस वक्तव्य  वाचन गरेका थिए । उनले सम्बोधनको क्रममा पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानेले लिएको नेतृत्वदायी भूमिकामा मुलुकमा भ्रष्टाचार अन्त्य हुने विश्वास दिलाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij