Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जुम्लामा स्याउ महोत्सव हुँदै  [तस्बिरहरू पनि]

जुम्लामा स्याउ महोत्सव हुँदै  [तस्बिरहरू पनि]

  • 469
    SHARES
  • जुम्लामा स्याउ महोत्सव हुँदै  [तस्बिरहरू पनि]

    जुम्ला । जुम्लामा स्याउ महोत्सव हुुने भएको छ । जुम्लाको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका लागि यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो ।

    महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पुग्ने आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए ।

    महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ । दुई दिने महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    महोत्सवमा जुम्लामा उत्पादन हुने रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विशेष आकर्षणका रूपमा रहने आयोजकको दाबी छ ।

    सोही अवसरमा स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ ।  जुम्ला हुने स्याउ महोत्सवमा  गायक प्रकाश सपूत आउने  बताइएको छ ।

    यसअघि २०७५ मा पनि  पहिलो महोत्सव गरिएको थियो । २०७६मा दोस्रो स्याउ महोत्सव भएको थियो ।

    apple web.jpg
     
    Apple jumla.jpg
     
    APPLE.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij