Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रेस युनियन काठमाडौंको कार्यवाहक अध्यक्षमा अच्युत रेग्मी

प्रेस युनियन काठमाडौंको कार्यवाहक अध्यक्षमा अच्युत रेग्मी

  • 1.0K
    SHARES
  • प्रेस युनियन काठमाडौंको कार्यवाहक अध्यक्षमा अच्युत रेग्मी

    काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं जिल्ला कार्यसमितिको कार्यवाहक अध्यक्षमा शाखाका उपाध्यक्ष अच्युत रेग्मी चयन भएका छन् ।

    काठमाडौं शाखाको रिक्त अध्यक्ष पदमा प्रेस युनियन केन्द्रको निर्णयानुसार उपाध्यक्ष रेग्मीले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

    शाखाका अध्यक्ष जगन्नाथ दुलालले प्रेस युनियनको हेटौँडामा गत साउन ६ र ७ गते सम्पन्न नवौँ महाधिवेशनमा उम्मेदवारी दिएसँगै विधानअनुसार जिल्ला अध्यक्ष पद स्वतः रिक्त भएको थियो ।

    विगत आठ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा स्थानीय समाचारदाताका रूपमा कार्यरत रेग्मी काठमाडौं उपत्यकालाई आफ्नो क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij