Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुक्खा पहिरो जाँदा ११ परिवार विस्थापित

सुक्खा पहिरो जाँदा ११ परिवार विस्थापित

  • 357
    SHARES
  • सुक्खा पहिरो जाँदा ११ परिवार विस्थापित

    दोलखा । दोलखाको तामाकोशी-१ भिरकोट माझिबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएका छन् ।

    माझिबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट आज दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष बसन्त थापाले जानकारी दिए ।

    दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको स्थानीयहरूले बताएका छन् । मध्यदिउँसो पहिरो खसेका कारण कुनै पनि मानवीय क्षति नभए पनि वस्तीसम्म पहिरो आएको वडा अध्यक्ष थापाले बताए ।

    पहिरो खस्ने क्रम नरोकिएको र घरहरू जोखिममा रहेकाले प्रभावितहरूलाई सुरक्षित स्थानमा बसोबासको लागि प्रबन्ध मिलाउने काम भइरहेको उनले जानकारी दिए ।

    सुक्खा पहिरोका कारण सिंगो गाउँ नै जोखिममा परेपछि प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको टोलिले पहिरोको स्थलगत अवलोकन गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij