Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कांग्रेस काठमाडौं-७ बाट प्रमोदहरि गुरागाईं सिफारिस

कांग्रेस काठमाडौं-७ बाट प्रमोदहरि गुरागाईं सिफारिस

  • 458
    SHARES
  • कांग्रेस काठमाडौं-७ बाट प्रमोदहरि गुरागाईं सिफारिस

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं-७ मा प्रमोदहरि गुरागाईंको नाम सिफारिस गरेको छ ।

    कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका गुरागाईंसहित डा.रामशरण थपलिया, विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको नाम पनि सिफारिस भएको छ । गुरागाईंको पुर्ख्यौली घर नुवाकोट हो ।

    यस्तै एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, ईन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ ।

    माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयालको दाबेदारी रहेको छ । यद्यपी उनीहरूको नाम सिफारिस भइसकेको छैन ।

    यस क्षेत्रबाट एकीकृत समाजवादीबाट वसन्त मानन्धर र जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सूर्य सिलाकारको नाम सिफारिस भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij