वेबटिभी खबर
काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक विद्यालय बाहिर भएको बम विस्फोटमा कम्तिमा २५ जना मारिएका छन् भने ५२ जना घाइते भएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार अफगानिस्तान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियानले घटनाको पुष्टि गर्दै घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताएका छन् ।
विस्फोटबाट मृत्यु हुनेको संख्या थप बढ्ने सक्ने बताइएको छ । घाइते हुनेमा अधिकांश विद्यार्थी रहेका छन् । आक्रमण कसलाई लक्षित गरेर किन गरिएको थियो भनेर खुलाइएको छैन् । विस्फोट काबुलको पश्चिमी क्षेत्र दश्त ए बर्चीको एउटा सरकारी विद्यालयबाहिर भएको थियो ।
Update - 25 people were killed and 52 more were wounded in blasts near Kabul school, the Interior Ministry says. pic.twitter.com/oRSXAJ70Yu
— TOLOnews (@TOLOnews) May 8, 2021
विस्फोटका समयमा विद्यार्थीहरु विद्यालयबाट फर्किँदै गरेका थिए र सर्वसाधारणहरु नजिकैको बजारमा इदका लागि सामानहरु किन्न गएका थिए । त्यस क्षेत्रमा सिया हजरा समुदायको ठूलो बसोबास छ र हाल यी समुदाय कथित इस्लामी चरमपन्थी समूह इस्लामिक स्टेटको निशाना बनिरहेको छ ।
सामाजिक सञ्जालमा आएका तस्बिरमा घटनास्थलमा स्कुल ब्याग र जलेका गाडीहरु देखिन्छन् । अमेरिकाले यस वर्ष ११ सेप्टेम्बरभित्र आफ्ना सेना त्यहाँबाट हटाउने भएपछि अफगानिस्तान हाई अलर्टमा छ । अफगान अधिकारीका अनुसार देशमा तालिबानको आक्रमण दिन प्रतिदिन बढिरहेको छ । यस आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij