वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ३९८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij