वेबटिभी खबर
कास्की । लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा बिदाका दिनमा आन्तरिक पर्यटक आउने गरेको भए पनि विदेशी पर्यटक नआउँदा व्यवसायी चिन्तित बनेका छन् ।
केही मात्रामा आन्तरिक पर्यटक आए पनि विदेशी पर्यटक शून्य हुँदा होटल सञ्चालनमा समस्या भएको व्यवसायी बताउँछन् । विदेशी पर्यटकमा कोरोनाको त्रास भने अझै हट्न सकेको छैन् ।
कोरोना कै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन सरकारले छिटोभन्दा छिटो आफ्ना कार्यक्रम अगाडि ल्याउनुपर्ने माग व्यवसायीको छ ।
बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भने, ‘नेपालमा विदेशी पर्यटक भित्र्याउन सरकारले केही न केही पहल गर्नु नै पर्छ । उनले भने, ‘बिदाका दिन केही मात्रामा नेपाली पर्यटक आउने गरेको भए पनि त्यसले होटल धानिने अवस्था छैन् ।’
सरकारी बिदाका दिन बेगनासमा पर्यटक घुम्न आउने क्रम सुरु भएको छ, एक/दुई जना कर्मचारी र आफैंले पनि पाउनालाई सेवा दिँदै आएका छौँ, होटल व्यवसायी अधिकारीले भने, ‘बैंकको ब्याजले तिर्न सक्ने अवस्था छैन् ।’
घरजग्गा धितोमा राखेर बैंकबाट ऋण लिएका छौँ, किस्ता र ब्याज तिर्न नसक्दा समस्यामा छौँ, होटल तथा रेष्टुराँ एशोसिएशन लेखनाथका पूर्वअध्यक्षसमेत रहेका अधिकारीले भने, ‘व्यवसायीलाई राहत हुने गरी सरकारले ब्याज मिनाह गर्नुपर्छ ।’
‘घर भाडामा लिएर होटल सञ्चालन गर्ने कही व्यवसायी विस्थापित भइसकेका छन्, आफ्नै घरमा होटल सञ्चालन गर्नेले भने एक दुई जना कर्मचारी राखेर भए पनि होटल तथा रेष्टुराँ धानेका छौँ, भिजिट नेपाललाई लक्षित गरी लगानी बढायौँ तर कोरोना संक्रमणकै कारण बैंकको ब्याज तिर्न कठिन भएको छ, होटल तथा रेष्टुराँ व्यवसायी अर्जुन लम्सालले भने, ‘सरकारले व्यवसायीलाई राहतका प्याकेज ल्याउनुपर्छ ।’
लेखनाथमा दुई सयको हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालनमा छन् एशोसिएशनमा आबद्ध भने एक सय पाँच मात्र छन्, रिसोर्टदेखि साना होटलसम्म रहेको लम्सालले बताए ।
बेगनास तालमा पाइने विभिन्न जातका माछा सहर, रहुँ, असला, नैनी, कमन, माहुर, तिलपियालगायतको स्वाद लिन यहाँ पर्यटक पुग्ने गर्छन् ।
सात तालको बगैँचा सहरकोरूपमा परिचित लेखनाथमा यतिबेला अधिकांश पर्यटक पोखराबाट आउने गरेका बेगनास तालका होटल व्यवसायी चित्रबहादुर गुरुङले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij