Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

युक्रेनी मिसाइल हमलामा २०० रूसी सेना मारिए

युक्रेनी मिसाइल हमलामा २०० रूसी सेना मारिए

  • 403
    SHARES
  • युक्रेनी मिसाइल हमलामा २०० रूसी सेना मारिए

    एजेन्सी । रूसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २०० रूसी सेना मारिएको स्थानीय नेताले दाबी गरेका छन् ।

    पूर्वी युक्रको कादिभ्का शहरमा रहेको मुख्यालयमा भएको रूसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।

    विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रूसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।

    उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रूसी मारिएका उनले बताए ।

    युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij